सांकेतिक तस्विर
पोखरा । आइतबार नवलपुर वर्दघाट सुस्ता पूर्वमा भएका छुट्टा–छुट्टै दुर्घटनामा चार जना घाइते भएका छन् ।
जिल्लाको मध्यविन्दु नगरपालिका–२ नन्दपुरस्थित भित्री सडक खण्डमा ना १९ प ५२२१ नम्वरको स्कुटर दुर्घटना हुँदा रामचन्द्र महतो घाइते भएका हुन् ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
यस्तै, देवचुली नगरपालिका–१५ साखीचोकको भित्री सडक खण्डमा लु३५प ५६०२ नं.को मोटरसाईकल र पश्चिमबाट पूर्व तर्फ जाँदै गरेको लु १ ह ११८७ नं.को अटो एक आपसमा ठक्कर खाँदा तीन जना घाइते भएका छन् ।
दुर्घटनामा सामुयल डिसुवा, तुलिमाया सिंजाली, पशुपती अधिकारी घाइते भएको प्रहरीले जनाएको छ । घाइतेहरुको भरतपुर मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जानाएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







