क्यानडामा अत्यधिक गर्मीका कारण पाक्न थाल्यो समुद्री जीवहरु !


     एभरेस्ट आवाज    
     असार २८ गते २०७८ मा प्रकाशित




तस्बीरः गुगलबाट

क्यानडामा अत्यधिक गर्मीका कारण समुद्री जीवहरु पाक्न थालेका छन्।

वैज्ञानिकहरुले क्यानडाको गर्मीलाई विनाशकारी भनेका छन् जसका कारण समुद्री जीव मसेल्स, क्लाम्स र अन्य सेलफिसहरु पाक्न थालेको हो।

विशेषगरी समुद्रको किनारमा बस्ने जीवहरु गर्मीले पाकेर मरेका हुन्। पश्चिमी क्यानडामा गत जुन २६ देखि २८ सम्म अत्यधिक तापक्रम मापन गरिएको थियो।

त्यहाँ जुन २६ मा ९८.६ डिग्री सेल्सियस, २७ तारिखमा ९९.५ र २८ तारिखमा १०१.५ डिग्री सेल्सियस तापक्रम मापन गरिएको थियो।

यही गर्मीका कारण हजारौं जीवहरु मरेको बताइएको छ। युनिभर्सिटी अफ ब्रिटिस कोलम्बियास्थित प्राणीविज्ञान विभागका प्राध्यापक क्रिस्टोफार हार्लीका अनुसार उनले अनगिन्ती कुहिएका जीवहरु कितसालानो किनारमा भेटेका थिए।

जलवायु परिवर्तनका कारण वैश्विक तापक्रम यसरी नै बढिरहे यस्ता घटना वर्षैपिच्छे दोहोरिने र मानव अस्तित्व नै संकटमा पर्ने वैज्ञानिहरुको चेतावनी छ।

क्यानडामा अत्यधिक गर्मीका कारण सयौं मानिसले ज्यान गएको समाचारहरु नै आएका थिए। विश्वभरका देशले जलवायू परिवर्तनलाई रोक्ने प्रयास थाल्नुपर्ने विज्ञहरुको सुझाव छ।

सीएनएन


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।