निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले आज (बुधबार) सरकारी निवास बालुवाटार छाड्दै छन्।
बिहान ११ बजेपछि उनले बालुवाटारमा रहेको सरकारी निवासबाट निजी निवास बालकोट जाने जानेछन्।
प्रधानमन्त्रीमा शेरबहादुर देउवा नियुक्त भएसँगै ओली बालुवाटारबाट निजी निवासमा सर्न लागेका हुन्।
बालुवाटार छाड्नुअघि हिँजो (मंगलबार) ओलीले देशवासीका नाममा सम्बोधन गरेका थिए। गएको सोमवार सर्वोच्च अदालतले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश दिएपछि ओली काम चलाउ प्रधानमन्त्रीबाट पदमुक्त भएका हुन्।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







