जेलबाट निस्कने बित्तिकै र्‍यापरको हत्या, शरीरमा ६४ गोली


     एभरेस्ट आवाज    
     असार ३० गते २०७८ मा प्रकाशित




तस्बीरः गुगलबाट

जेलबाट रिहा भएपछि अमेरिकी र्‍यापरले निकै दर्दनाक मृत्यु भोग्नु परेको छ।

जेल बाहिर कुरेर बसेका अपराधीले उनीमाथि गोलीको वर्षा गरेका थिए।

अस्पताल लैजानुअघि नै उनको मृत्यु भएको थियो। प्रहरीका अनुसार उनको शरीरमा ६४ वटा गोली हानिएको छ। यस्तै, घटनापछि प्रहरी अज्ञात हमलाकर्ताको खोजीमा जुटेको छ।

स्रोतका अनुसार अमेरिकाका ३१ वर्षीय र्‍यापर लौन्ड्रे सिलवेस्टरको शिकागोको जेलबाट रिहा भएलगत्तै हत्या भएको छ। शनिबार जब उनी जेलबाट रिहा भए तब, उनीमाथि हमला भयो। गोली लागेपछि उनलाई अस्पताल लगियो, जहाँ उनलाई मृतक घोषणा गरियो।

प्रहरीले दिएको जानकारी अनुसार जेलबाट रिहा भएपछि सिलवेस्टर घर फर्कनका लागि गाडी कुरिररहेका बेला उनीमाथि हमला भएको हो। भिन्न गाडीमा सवार अपराधीले सिलवेस्टरमाथि अन्धाधुन्ध गोली प्रहार गरेका हुन्। र्‍यापरको टाउकोदेखि शरीरका विभिन्न हिस्सामा ६४ वटा गोली हानियो।

प्रहरीका अनुसार सिलवेस्टरसहित एक ६१ र ३० वर्षीया महिलालाई पनि गोली लागेको छ। यी दुबैलाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ। यी दुबै खतरामुक्त भएको बताइएको छ। उता गोली हानेपछि हमलाकर्ता घटनास्थलबाट फरार भए।

शिकागो प्रहरी हमलाकर्ताको खोजीमा जुटेको छ। स्मरण रहोस्, पछिल्लो केही समयमा शिकागोमा गोलीबारी र अपराधको घटनामा अत्यधिक वृद्धि भएको छ। यस विषयमा प्रहरी उच्चाधिकारी निकै चिन्तित छन्। सिलवेस्टले ५ हजार डलरको जमानतपछि रिहा भएका थिए।

शिकागो ट्रिब्यूनमा समाचार छ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।