फाइल तस्बीर
पोखरा । नेपाली काँग्रेस कास्कीले पोखरा महानगरपालिकाका मेयर मान बहादुर जिसीको स्वास्थ्यलाभको कामना गरेको छ ।
कास्की काँग्रेसका सभापति कृष्ण केसीले विज्ञप्ति प्रकाशित गरी उहाँको शिघ्र स्वास्थ्यलाभको कामना गरेका हुन् ।
‘उहाँलाई मस्तिष्कघात भएको भन्ने खबरले हामीलाई दुःखी बनाएको छ, विज्ञप्तिमा भनिएको छ, स्वास्थ्यलाभ गरी छिट्टै पोखरेलीको सेवामा जुट्नु हुने अपेक्षा गरेका छौं।’
विज्ञप्तिमा उहाँको उपचारमा कुनै कमी आउन नदिने वातावरण मिलाउन पोखरा महानगरपालिकाको ध्यानाकर्षण गराइएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







