भारत र पाकिस्तान आइसीसी टी–२० विश्व कप क्रिकेटका एउटै समूहमा


     एभरेस्ट आवाज    
     श्रावण २ गते २०७८ मा प्रकाशित




तस्बीरः गुगलबाट

आइसीसी टी–२० विश्व कपमा एक पटक फेरि भारत र पाकिस्तान आमने–सामने हुने भएका छन्।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले शुक्रवार आउँदो टी–२० विश्व कपको पहिलो चरण र ‘सुपर १२’ को समूह सार्वजनिक गरेको हो ।

‘सुपर १२’ मा भारत र पाकिस्तान समूह ‘बी’ मा परेका हुन्। यो समूहमा न्युजिल्यान्ड र अफगानिस्तान पनि छन्। साथै, पहिलो चरणको शीर्ष २ टोलीले यस समूहमा स्थान बनाउने छन्।

यस्तै समूह ‘ए’ मा इङ्ल्यान्ड, अस्ट्रेलिया, दक्षिण अफ्रिका, वेस्ट इन्डिज रहेका छन्। पहिलो चरणको शीर्ष २ टोलीले पनि यस समूहमा स्थान बनाउने छन्।

टी–२० विश्व कप आउँदो अक्टोबर १७ देखि नोभेम्बर १४ सम्म यूएई र ओमानमा हुने भएको छ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।