तस्बीरः एजेन्सी
विश्व नम्बर एक नोभाक जोकोभिचले टोकियो ओलम्पिक खेल्ने घोषणा गरेका छन्।
विम्बल्डन टेनिस उपाधि जितेपछि जोेकोभिचले ओलम्पिक खेल्ने संभावना ५० प्रतिशतमात्र रहेको बताएका थिए।
अष्ट्रेलियन र फ्रेन्च ओपन तथा विम्बल्डनको उपाधि जितेका जोकोभिचले ट्वीटरमा टोकियोको टिकट काटेको बताएका छन्। उनले ट्वीटरमा लेखेका छन्, ‘मैले टोकियोका लागि फ्लाइट बुक गरिसकेँ।’
जोकोभिचले अब अर्को महिना न्युयोर्कमा हुने युएस ओपन र ओलम्पिकमा स्वर्ण पदक जिते ‘गोल्डेन स्लाम’ पहिलो पुरुष टेनिस खेलाडी बन्नेछन्।
विश्व वरियतामा शीर्ष स्थानमा रहेका यी खेलाडीले यो वर्षका ३ ग्राण्डस्लाम जितिसकेका छन्। र, सेप्टेम्बरमा हुने युएस ओपन जितेर ‘गोल्डेन स्लाम’मा रमाउन चाहन्छन्।
एकै वर्ष ४ वटा ग्राण्डस्लाम र ओलम्पिकको स्वर्ण पदक जित्नुलाई टेनिसवृत्तमा गोल्डेन स्लाम भनिन्छ। यो सफलता यसअघि सन् १९८८ मा जर्मनीकी स्टेफी ग्राफले मात्र हासिल गरेकी थिइन्।
आसन्न ओलम्पिक र युएस ओपनमा एकलतर्फको स्वर्ण जिते भने जोकोभिच यो सफलता हासिल गर्ने विश्वकै पहिलो पुरुष खेलाडी बन्नेछन्।
सन् २००८ को बेइजिङ ओलम्पिकमा युगलतर्फ स्वर्ण जितेका जोकोभिचले एकलतर्फ अहिलेसम्म ओलम्पिक स्वर्ण जित्न सकेका छैनन्।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







