दुबै संघीय संसदको अधिवेशन आज ४ वजे बस्दै


     एभरेस्ट आवाज    
     श्रावण ३ गते २०७८ मा प्रकाशित




फाइल तस्बीर

सर्वोच्च अदालतको आदेशानुसार संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदैछ।

सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार अपराह्न ४ बजेका लागि अधिवेशन डाकेकी हुन्।

मुलुकमा विद्यमान फरक राजनीतिक घटनाक्रमसँगै प्रतिनिधिसभा पुनःस्थापना भई शुरु हुन लागेको यस अधिवेशनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रबाट निकै चासोका साथ हेरिएको छ।

कोभिड–१९ संक्रमणको जोखिम कायममै रहेको बेला सुरु हुन लागेको अवधिवेशन संचालनका लागि स्वास्थ्य मापदण्डको पालनालगायत व्यवस्थासहित संपूर्ण तयारी पूरा भइसकेको बताइएको छ।

यस अधिवेशनबाट प्रधानमन्त्री शेरबहादुर देउवाले प्राप्त गर्ने विश्वासको मतले आगामी राजनीतिलाई दिशानिर्देश गर्नेछ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।