तस्बीरः एजेन्सी
बहुप्रतिक्षित जनकपुर–जयनगर रेलको आज (आइतबार) परीक्षण गरिने भएको छ।
रेल संचालन पूर्वको तयारीको शिलशिलामा रेल्वे ट्रयाकको गति परीक्षण र प्रमाणीकरण गर्ने काम आइतबार हुने नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक गुरु भट्टराईले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा जनाएका छन्।
उनले रेल्वे लिकको स्पिड र सर्टिफिकेसन गर्ने काम हुने जानकारी गराएका छन्। परीक्षणको विषयमा सूचना जारी भइसकेको जनाउँदै महाप्रबन्धक भट्टराईले सूचना जारी गर्दै अवज्ञा गरी कुनै दुर्घटना भएमा ब्यक्ति स्वयं जिम्मेवार हुने र कानुनअनुसार कारबाहीसमेत गरिने चेतावनी दिएका छन्। उनले जिम्मेबार भइदिन जयनगर–जनकपुर–कुर्था खण्डका नागरिकलाई महाप्रबन्धक भट्टराईले अनुरोध गरेका हुन्।
आफ्नो सामाजिक सञ्जालमा महाप्रबन्धक भट्टराईले भनेका छन्, ‘भारतको इस्ट सेन्ट्रल रेल्वेको डिजल लोकोमोटिभद्वारा गति परीक्षण गरिने छ। स्पिड टेस्ट गर्दा रेलको स्पिड १२० किलोमिटर प्रतिघण्टा हुने भएकाले रेल्वे ट्रयाकमा सुरक्षा महत्वपूर्ण हुन्छ। त्यसैले आइतबार रेल्वे ट्रयाक वरपरका आम नागरिकलाई ट्रयाकमा मान्छे, गाई‚ भैंसी‚ साइकल‚ मोटरसाइकल, बालबच्चा नछोड्न र ट्रयाकबाट दूरी कायम गरिदिन अनुरोध गरिएको छ।’
भट्टराईले परीक्षणको क्रममा ट्रयाक तथा स्टेसनहरुमा पर्याप्त प्रहरी तथा कर्मचारी खटाइने बताएका छन्।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







