सांकेतिक तस्विर
कार्तिक १६ पोखरा । गण्डकी प्रदेशका दुई जिल्लाका तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
संक्रमणका कारण नवलपरासी वर्दघाट सुस्ता पुर्वका २ जना र कास्कीका एक जनाको मृत्यु भएको स्वास्थ्य निर्देशनालय गण्डकीले पुष्टि गरेको छ ।
निर्देशनालयका अनुसार नवलपुरमा होम आइसोलेसनमा बसेका दुई जना कोरोना संक्रमितको मृत्यु भएको हो ।
मृत्यु हुनेमा कावासोती–६, का ६७ वर्षीय पुरुष र सोही जिल्लाको गैडाकोट–२ की ७७ वर्षीया महिला रहेको स्वास्थ्य निर्देशनालय गण्डकीले विज्ञप्ती मार्फत जनाएको छ ।
यस्तै कास्कीको अन्नपूर्ण गाउँपालिका–३ का ४७ का एक पुरुषको पोखराको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल अन्तरगत कोभिड १९ उपचार केन्द्रमा कोरोना संक्रमणबाट मृत्यु भएको छ ।
उनको शनिबार राति साढे ११ बजे ज्यान गएको प्रतिष्ठानले जानकारी दिएको छ । उनलाई कार्तिक ४ गते कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो ।
यो संगै प्रदेशमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ७९ पुगेको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा, साउन १५ गण्डकी प्रदेश सभा सदस्यहरुले धार्मिक सहिष्णुता कायम गर्न अपिल…





