पोखरा । सिद्धार्थ क्लब पोखराले आफ्नो स्थापनाको ३७ औँ वार्षिकोत्सवको उपलक्ष्यमा अपाङ्गता भएका व्यक्तिहरुलाई राहत वितरण गरेको छ ।
क्लबले २२ जना अपाङ्गता भएका व्यक्तिहरुलाई चामल, दाल, मस्यौरा, नुन, तेल, चना, चिउरा लगायतका खाद्यसामग्री वितरण गरेको क्लबकी सचिव ईन्दिरा मर्सानी श्रेष्ठले बताइन् ।
राहत वितरण कार्यक्रममा मन्तव्य राख्दै क्लबकी अध्यक्ष पार्वती माकाजूले क्लबले कोरोना महामारीले अपाङ्गता भएका व्यक्तिहरुको दैनिक जीवनमा ल्याएको असहजतालाई मध्नजर गर्दै उनीहरुको दैनिकीमा सहजता पु¥याउने उद्देश्यका साथ राहत वितरण कार्यक्रम आयोजना गरेको जानकारी गराइन् ।
साथै उनले क्लबले आगामी दिनमा पनि स्थानीय निकाय र अन्य संघ संस्थासँगको सहकार्यमा सामाजिक गतिविधिहरुमा अग्रसर रहने प्रतिवद्धता जनाइन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







