तस्बीरः गुगलबाट
यो वर्ष बाढी पहिरोमा परेर देशभर ६३ जनाको मृत्यु भएको छ।
मनसुन सुरु भएयता बाढी तथा पहिरोबाट ४८ जिल्ला प्रभावित बनेको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।
विभिन्न स्थानको बाढीपहिरोमा परी ३५ जना अझै बेपत्ता रहेको र ६३ जना घाइते भएको प्राधिकरणले जनाएको छ। त्यस्तै ५ सय ६५ निजी आवास पूर्ण रुपमा क्षति भएको छ भने १ सय ५५ घर आंशिक रुपमा क्षति भएको तथ्यांक छ। पहिरोका कारण ३७ सरकारी भवन एवं १२ वटा सामुदायिक भवन तथा विद्यालयमा क्षति पुगेको छ।
त्यसैगरी निर्माणाधीन र निर्माण सम्पन्न भइसकेका २५ जलविद्युत आयोजना, ७ वटा काठेपुलसहित २६ वटा मोटरेवल पुल र २५ वटा झोलुङ्गे पुलसमेत क्षतिग्रस्त भएको छ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







