इन्डोनेसियामा डुंगा दुर्घटनाः २४ को मृत्यु, ३१ घाइते


     एभरेस्ट आवाज    
     श्रावण ८ गते २०७८ मा प्रकाशित




तस्बीरः एजेन्सी

इन्डोनेसियामा डुंगा दुर्घटना हुँदा कम्तीमा २४ जनाको मृत्यु भएको छ र अरु ३१ जना बेपत्ता भएका छन् ।

देशको पश्चिम कालिमान्थान प्रान्तमा सामुद्रीक आँधीका कारण १८ डुंगा पल्टिएको सरकारी अधिकारीले जानकारी दिएका छन्।

उद्धारकर्ताले बेपत्ता भएकाको खोजी तीव्र बनाइएको पनि उनीहरुले बताएका छन्। उद्धारकर्ताले ८३ जनालाई भने सकुशल उद्धार गरेका छन्।

बन्दरगाहा नजिकै दुर्घटना भएका डुंगा भने नियन्त्रणमा ल्याइसकिएको अधिकारीले जानकारी दिएका छन्। खोजी तथा उद्धार जारी रहेकाले मृत्यु भएकाको संख्या अझ धेरै हुनसक्ने उद्धारकर्ताले बताएका छन्।

इन्डोनेसियामा सामुद्रीक आँधी बेलाबेलामा आइरहने र ठूलो मानवीय क्षति भइरहने गरेको छ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।