टोकियो ओलम्पिकः नेपालकी सोनियाको पहिलो खेल रूसी इरिनासँग


     एभरेस्ट आवाज    
     श्रावण ८ गते २०७८ मा प्रकाशित




तस्बीरः एजेन्सी

टोकियो ओलम्पिकअन्तर्गत जुडोको प्रतिस्पर्धामा नेपालकी सोनिया भट्टले पहिलो चरणमा रसियाकी डोल्गोभा इरिनासँग खेल्ने भएकी छिन्। सोनियाले पहिलो खेलमा जुलाई २४ मा खेल्नेछिन्।

बिहीबार सार्वजनिक खेल तालिकाअनुसार ४८ किलो तौल समूहमा सोनियाको पहिलो भेट इरिनासँग हुने पक्का भएको हो। डोपिङ प्रकरणका कारण प्रतिबन्धमा परेको रुस ओलम्पिकमा देशका रुपमा सहभागी छैन।

रसियाका खेलाडीले रुस ओलम्पिक कमिटीको झण्डामुनि प्रतिस्पर्धा गर्नेछन्। इरिनाले मे महिनामा भएको कजान ग्रान्डस्लाममा रजत पदक जितेकी थिइन्।

नेपालकी सोनिया भट्ट भने विश्व वरीयतामा १ सय २७ औँ स्थानमा छिन्। वाइल्डकार्डमार्फत ओलम्पिकमा छनोट भएकी हुन्। ओलम्पिकमा सहभागी हुन सोनिका र प्रशिक्षक सूर्यनारायण श्रेष्ठ केही दिनअघि नै टोकियो पुगिसकेका छन्।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।