मुख्यमन्त्री पोखरेलले गरे मन्त्रिपरिषद विस्तार, को को भए मन्त्री ?


     एभरेस्ट आवाज    
     श्रावण ८ गते २०७८ मा प्रकाशित





पोखरा । गण्डकी प्रदेशमा मन्त्रिपरिषद् बिस्तार गरिएको छ । मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आज शुक्रबार ६ जना सांसदलाई मन्त्रीमा नियुक्त गरेका हुन् । नवनियुक्त मन्त्रीहरुले आजै प्रदेश प्रमुख सीताकुमारी पौडेलसँग सपथसमेत लिएका छन् ।

नेकपा माओवादी केन्द्रबाट रामजी बराल आर्थिक मामिला तथा योजना मन्त्री, दीपक घर्ती मगर वन तथा वातावरण र चन्द्रबहादुर बुढा कृषि तथा सहकारी मन्त्री बनेका छन् ।

नेपाली कांग्रेसबाट वागलुङका मणिभद्र शर्मा कँडेल उद्योग पर्यटन, कास्कीका विन्दुकुमार थापा कानुन, सञ्चार तथा प्रदेश मामिला र स्याङ्जाका मेखलाल श्रेष्ठ सामाजिक विकास मन्त्री भएका छन् ।

योसँगै गण्डकी प्रदेश सरकार ११ सदस्यीय भएको छ । यसअघि नै कांग्रेसबाट कुमार खड्का, जनता समाजवादीका हरिशरण आचार्य, माओवादीकी मधुमाया अधिकारी गुरुङ र स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) गरी चारजना मन्त्री नियुक्त भएका थिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।