थपिएका मन्त्रीहरुको सपथग्रहण बहिस्कार गरेको जनता समाजवादी पार्टी (जसपा)ले सरकार छाड्ने धम्की दिएको छ । गण्डकी प्रदेशमा २ सांसद रहेको जसपाले दुबै जनालाई मन्त्री बनाउन माग गरेको थियो । सो मागमा सरकारको नेतृत्व गरेको जसपाले सहमति पनि जनाएको थियो ।
तर शुक्रबार मन्त्री परिषदलाई पूर्णता दिदा जसपाले भाग नपाएपछि जसपा असन्तुष्ट बनेको छ । उसले यसलाई धोका र बेइमानीको श्रृंखला भएको बताएको छ ।
जसपा संसदीय दलले निर्णय नगरेपनि जसपाले शुक्रबारको सपथ ग्रहण बहिस्कार गरेको छ भने अब सरकारबाटै बाहिरिने चेतावनी दिएको छ ।
कुल २ सांसद रहेको जसपालाई कांग्रेसले शुरुमा अर्थसहित २ मन्त्रालय दिने सहमति गरेको थियो । पछि अर्थ मन्त्रालयमा माओवादीसँगको विवाद देखाएर कांग्रेसले अर्थ मन्त्रालय छाडेमा २ मन्त्रालय जसरीपनि दिने पुनः प्रतिबद्धता जनाएपछि जसपा मञ्जुर भयो । तर शुक्रबार मन्त्री परिषद बिस्तार गर्ने बेला जसपालाई छुटाएपछि जसपा असन्तुष्ट बनेको छ । कांग्रेसले सहमति उलंघन गरेर धोका दिएकाले सपथ बहिस्कार गरेको जसपाले जनाएको छ ।
जसपा सांसद धनमाया लामा पोखरेलले कांग्रेसले पटक÷पटक धोका दिएकाले अब सहकार्य टुंग्याउनु पर्छ भन्ने पक्षमा आफूहरु पुगेको बताइन् । ‘धोका एकपटक होइन पटक÷पटक भएको छ, अब यसरी धोका दिने र बेइमानी गर्नेसँग सहकार्य गर्न हुन्न भन्ने छ’–उनले भनिन् । प्रतिगमन ढलाईसकेकाले अब सँधै सहकार्य गर्नुपर्छ भन्नेपनि नभएको भन्दै उनले थपिन्,‘सरकार छाडेर प्रतिपक्षमा बसौं भन्ने छ तर पार्टीले के निर्णय गर्छ हेरौं ।’
कांग्रेसले भने पार्टीका शिर्ष नेताहरुबीच समझदारी भए अनुसारै जसपालाई प्रदेशमा १ मात्रै मन्त्रालय दिएको भनी बताएको सांसद पोखरेलले बताइन् । यद्वपी जसपा नेतृत्वले भने संघीयतामा प्रदेश आफैले निर्णय गर्नसक्ने अधिकार भएकाले आफूहरुले हस्तक्षेप नगरेको र नगर्ने बताएको उनको भनाई छ । यसबारे पार्टीले चाँडै आधिकारिक निर्णय गर्ने उनले बताइन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


नेपालको वेलनेस तथा स्पा क्षेत्रमा नयाँ कीर्तिमान कायम गर्दै ट्रन्क्यूलिटी स्पा प्रालिले…





