टोकियो ओलम्पिक खेलको भव्य उद्घाटन


     एभरेस्ट आवाज    
     श्रावण ९ गते २०७८ मा प्रकाशित




तस्बीरः एजेन्सी

विश्व खेलकुदकै महाकुम्भ मेला ओलम्पिक खेलको ३२ औं गृष्मकालीन ओलम्पिक संस्करणको उद्घाटन समारोह टोकियोस्थित ओलम्पिक रंगशालामा भव्य रूपमा गरिएको छ।

जापानी राष्ट्रिय गान र सांस्कृतिक नाचगान गरिएको उद्घाटन समारोहमा रंगशाला वरपर आतसबाजी समेत प्रस्तुत गरिएको थियो।

जापानी सम्राट नारुहितो, अमेरिकी प्रथम महिला जिल बाइडेन, फ्रान्सेली राष्ट्रपति इमानुयल म्याक्रोनसहितका विश्व नेताहरु उद्घाटन समारोहमा उपस्थित थिए।

६८ हजार दर्शक क्षमताको रंगशालामा कोरोनाभाइरसको महामारीको कारण उद्घाटन समारोहमा करिब एक हजार भीआइपीको मात्रै उपस्थिति थियो।

यस पटकको ओलम्पिकमा २०४ देश र शरणार्थी टिमका ११ हजार बढी खेलाडीहरु सहभागी छन्।
सहभागी देशका खेलाडी र अफिसियलहरू मार्चपासमा सहभागी भए। ओलम्पिकमा ३३ खेलका ३३८ इभेन्टमा प्रतिस्पर्धा हुनेछ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।