फाइल तस्बीर
भारतमा कोरोनाभाइरसबाट थप ३५ हजार ३ सय ४२ जना कोरोनाभाइरसबाट संक्रमित भएका छन्।
त्यसैगरी पछिल्लो एक दिनमा अरु ३८ हजार ७ सय ४० भन्दा बढी कोरोनाभाइरसबाट संक्रमणमुक्त भएको अधिकारीहरुले जनाएका छन्।
नयाँ संक्रमितहरुको संख्याभन्दा संक्रमणमुक्त भएकाहरुको संख्या धेरै भएकाले सक्रिय संक्रमितहरुको कूल संख्या घटेको छ।
सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार भारतमा अहिले सक्रिय अवस्थामै रहेका संक्रमितहरुको संख्या ४ लाख ५ हजार ५ सय १३ रहेको छ। भारतमा कोरोनाभाइरसबाट कुल मृतकको संख्या अहिलेसम्म ४ लाख १९ हजार ४ सय ७० पुगेको अधिकारीहरुले जनाएका छन्। तीमध्ये ४ सय ८३ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको हो।
भारतीय चिकित्सा अनुसन्धान परिषदले अहिलेसम्म भारतमा ४५ करोड २९ लाख ३९ हजार ५ सय ४५ ओटा स्वाब परीक्षण गरिएको छ। पछिल्लो एक दिनमा भने १६ लाख ६८ हजार ५ सय ६१ जनाको कोरोना परीक्षण गरिएको परिषदले जनाएको छ। भारतमा कोरोनाभाइरसबाट संक्रमणमुक्त भएकाहरुको संख्या ९७.३६ प्रतिशत रहेको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।
मन्त्रालयका अनुसार भारतमा अहिलेसम्म ४२ करोड ३४ लाख १७ हजार ३० जनालाई कोरोनाभाइरस विरुद्धको खोप लगाइएको छ। तीमध्ये ३३ करोड ३९ लाख ४५ हजार १ सय ५१ जनाले खोपको पहिलो मात्रा मात्रै लगाएका छन् भने अरु ८ करोड ९४ लाख ७१ हजार ८ सय ७९ जनाले दुवै खोप लगाएका छन्।
भारतमा पछिल्लो २४ घण्टामा देशभरी कुल ५४ लाख ७६ हजार ४ सय २३ जनालाई कोरोनाभाइरसविरुद्धको खोप लगाइएको छ।
एएनआई
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । यमपञ्चक अर्थात् तिहारको पाँचौँ तथा अन्तिम दिन बुधबार दिदीबहिनीले दाजुभाइलाई…







