तस्बीरः एजेन्सी
जापानको राजधानी टोकियोमा भइरहेको ३२ औँ ग्रीष्मकालीन ओलम्पिक खेलकूदमा जुडो खेलाडी सोनिया भट्ट पहिलो खेलमै पराजित भएकी छन्।
केहीबेर अघि सम्पन्न खेलमा भट्टले राउण्ड अफ ३२ अन्तर्गत महिला ४८ किलो तौल समूहमा रुसी खेलाडी इरिना डोल्गोभासँग हारेकी हुन्।
जुडोको विश्व वरीयतामा नेपालकी १९ वर्षीया भट्ट १२७ औँ स्थानकी खेलाडी हुन् भने रुसकी डोल्गोभा विश्व बरियताको नवौँ स्थानमा रहेकी छन्। भट्टले डोल्गोभासित इप्पोनको आधारमा हारेकी हुन्।
भट्टले सो खेलमा विपक्षी खेलाडसित १ मिनेट १६ सेकेण्डसम्म मात्र भिड्न सकिन्। उनी वाइल्ड कार्डमार्फत टोकियो ओलम्पिकमा छनोट भएकी थिइन्। भट्टले २०७६ मंसीरमा नेपालमै भएको १३ औँ दक्षिण एशियाली खेलकूद (साग) मा महिला ४८ केजीमुनिको तौलमा काँस्य पदक जितेकी थिइन्।
आजै भएको सुटिङ स्पर्धामा नेपालकी कल्पना परियारले पनि हारेकी छिन्। टोकियो ओलम्पिकमा अब पौडीका गौरिका सिंह र एलेक्स शाह तथा एथलेटिक्सकी सरस्वती चौधरीले प्रतिस्पर्धा गर्न बाँकी छ। सिंहले महिला १०० मिटर फ्रि स्टाइल, शाहले पुरुष १०० मिटर फ्रि स्टाइल र चौधरीले महिला १०० मिटर दौडमा प्रतिस्पर्धा गर्नेछिन् ।
रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







