अभियान युवा क्लवमा गिरी


     एभरेस्ट आवाज    
     श्रावण ९ गते २०७८ मा प्रकाशित




पोखरा । अभियान युवा क्लव १२ औ साधरण सभा तथा चौंथो अधिवेशनले राजु गिरीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । शनिबार सम्पन्न अधिवेशनले २ वर्षे कार्यकालका लागि गिरीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।

क्लवको उपाध्यक्षमा मुक्ति विजुक्छे, सचिवमा मुक्ति गिरी, सह–सचिवमा जीवन आचार्य र कोषाध्यक्षमा विक्रम थापा, सह-कोषाध्यक्ष अमृत गुरुङ चयन भएका छन् ।

यस्तै कार्यसमिति सदस्यहरुमा जय गुरुङ, राजेन्द्र खत्री, रमेश जिसी, द्रबेश बोहरा, अशोक थापा, निर्दोश जंग थापा, विश्व बाँस्तोला चयन भएका छन् ।

यस अघि क्लवका अध्यक्ष मोहनबहादुर केसीको अध्यक्षतामा भएको कार्यक्रमको पोखरा महानगरपालिकाका प्रवक्ता तथा वडा नम्वर ५ का अध्यक्ष धनबहादुर नेपालीले साधरण सभाको उद्घाटन गरेका थिए ।

कार्यक्रममा जनप्रतिनिधि तथा क्लवका सल्लाहकार उज्जवल खत्री, महिला उपसमिति संयोजक शर्मिला केसी, राजकुमारी थापा, क्लवका संस्थापक अध्यक्ष जगदीश प्रसाद अधिकारी लगायतले क्लवले सामाजिक क्षेत्रमा पुर्याएको योगदानका विषयमा बोलेका थिए ।

साधरण सभाले अध्यक्ष, सचिव र कोषाध्यक्षको सर्वसम्मतले पारित गरेको संस्थाका सचिव मुक्ति गिरीले जानकारी दिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।