नवलपुर । गण्डकी प्रदेशका स्वास्थ्य तथा जनसंख्यामन्त्री मधु अधिकारी गुरुङ्गले नवलपुर जिल्लामा रहेका स्वास्थ्य कार्यालय, अस्पताल तथा आर्युुबेदीक कार्यालयहरुको अनुमगन तथा निरिक्षण गरेकी छिन् ।
उनले सो क्रममा अब जिल्लामा रहेका स्वास्थ्य सस्थाहरुले उपचार क्षमता बृद्धी गर्ने आवश्यक रहेको बताइन् । जनताको आधारभुत स्वास्थ्य सेवा प्रदान गर्ने देखि लिएर विषेशज्ञ सेवा प्रवाहमा जोड दिन सरकार लागिरहेको उनको भनाई थियो ।
जिल्लाको मध्यबिन्दु अस्पतालको भ्रमणका क्रममा अस्पतालको सेवा प्रवाहलाई थप चूस्त बनाउन आग्रह गरिन् । सो क्रममा उपचाररत बिरामीहरुकोे अवस्था, उपचार प्रकृयाका बारेमा पनि उनले वार्डमै पुगेर चासो दिएकी थिइन् । भौगोलिक अवस्था, जनसंख्याको आधार र विकासको सुचाकांकलाई मानेर नै समावेशी विकासको मोडल नै अहिलेको उत्तम मोडल भएको मन्त्री अधिकारीको भनाई थियो । मध्यबिन्दू अस्पतालमा बन्दै गरेको नयाँ भवन, अक्सीजन प्लान्ट, कर्मचारीको अबस्थाका बारेमा उनले जानकारी लिएकी थिइन् ।
मन्त्री अधिकारीले कोलुवामा रहेको स्वास्थ्य कार्यालय, नवलपरासी पुर्वमा पुगेर कार्यालयको अवस्थाको बारेमा जानकारी लिइन् । कार्यालयका प्रमुख केशवप्रसाद चापागाईले कार्यालयको भौतिक संरचना र्निमाण गर्न आवश्यक रहेको बताए । जिल्लामा जनसंख्याको आधारमा सेवा प्रवाह गर्ने स्वास्थ्य सेवा दिने कार्यालय एकदम कम भएको चापागाईले जानकारी दिए । जिल्लामा अहिले पनि २५ प्रतिशत बालबिवाह, गर्भपतन पनि अनियन्त्रीत रहेको उनको भनाई थियो । यो अवस्थालाई नियन्त्रणमा ल्याउन आवश्यक रहेकोमा उनले जोड दिए ।
अरुङ्गखोला स्थित जिल्ला आर्युबेद स्वास्थ्य केन्द्रको पनि उनले सो क्रममा अनुगमन गरिन् । मन्त्री अधिकारीले जंगलमा खेर गएका जडिबुटीलाई संकलन, भण्डारण, प्रशोधन गर्ने कार्यलाई प्रभावकारी रुपमा अगाडी बढाउने बारे मन्त्रालयले आवश्यक गृहकार्य सुरु गर्ने बताइन् । कार्यलयका कार्यलय प्रमुख डा. सुजाता शर्माले कार्यालयको अवस्थाको बारेमा मन्त्रीलाई जानकारी गराएकी थिइन् ।
नवलपुरमै रहेको प्रदेशकै नमुना प्राकृतिक चिकीत्सालयको रुपमा चिनिएको सामुदायिक प्राकृतिक चिकित्सालय, रजहरमा पनि मन्त्री अधिकारीले भ्रमण गरिन् । सो क्रममा त्यहाँ उपचाररत गण्डकी प्रदेशको प्रदेशसभा सदस्यप्रभा कोईरालाको स्वास्थ्य अवस्थाको बारेमा उनले जानकारी लिइन् । रजहरलाई प्राकृतिक चिकीत्साको हब बनाउनेमा उनले जोड दिइन् । प्रदेशको गौरवको रुपमा रजहरको प्राकृतिक चिकित्सालय अगाडी आउनेमा आफु विश्वस्त रहेको उनले बताइन् ।
भ्रमणको क्रममा जिल्लामा रहेका पार्टी कार्यकर्ता, शुभचिन्तक, जनयुद्धका पुराना कार्यकर्ताहरुसंग पनि उनले साक्षात्कार गरेकी थिइन् । माओवादी जनयुद्धमा लागेको पुराना कार्यकर्ताहरुले घाईते, अपाङ्गको उपचारका बारेमा गरिएको र्निणयको प्रशंसा गरेका थिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







