प्रतिकात्मक तस्बीर
पोखरामा गएराती भएको दुर्घट्नामा परेर एक जनाको मृत्यू भएको छ । पोखरा महानगरपालिका वडा नम्बर २६ बुढीबजारमा गएराती साढे ११ बजे बिपरित दिशाबाट आएका भ्यान र मोटरसाइकल आपसमा ठोक्किदा घाइते भएका दोलखा जिल्लाको माली गाउँपालिका घर भई पोखरा २६ बस्ने २३ वर्षिय बिनोद क्षेत्रीको मृत्यू भएको हो ।
ग.१ च ९२४५ नम्बरको भ्यान र ग.२१ प. १२५० नम्बरको मोटरसाइकल ठोक्किदा मोटरसाइकल चालक क्षेत्री गम्भीर घाइते भएका थिए । टाउकोलगायत शरिरका विभिन्न भागमा चोट लागेका उनको उपचारका क्रममा मृत्यू भएको गण्डकी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
दुर्घटनामा परेर मोटरसाइकलको पछाडी बसेका पोखरा २६ नै बस्ने १९ वर्षिय साङ्गे शेर्पा घाइते भएका छन् । उनको अवस्था गम्भीर रहेको प्रहरीको भनाई छ ।
त्यस्तै, भ्यानमा सवार तनहुँ शुक्ला गण्डकी गाउँपालिका १२ बस्ने २८ वर्षिय विशाल गुरुङ र तनहुँको रिषिङ घर भएका २४ वर्षिय जयराम थापा घाइते भएका छन् । उनीहरुको अवस्था सामान्य रहेको बताइएको छ ।
प्रहरीले भ्यान र मोटरसाइकल नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







