धानुकको निधनप्रति दुःख व्यक्त


     एभरेस्ट आवाज    
     कार्तिक १६ गते २०७७ मा प्रकाशित




नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका महासमिति सदस्य एवं तरुण विभाग सदस्य मेदनी महतो धानुक मदन मण्डल को निधनप्रति दुःख व्यक्त गरेका छन् । बारा जिल्ला आदर्श कोटवाल गाउँपालिका–५ निवासी धानुकको उपचारका लागि आज काठमाडौंँ ल्याइँदै गर्दा बाटामै निधन भएको हो ।

सभापति देउवाले शोक वक्तव्यमार्फत उनीप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा पार्टी र आफ्नो व्यक्तिगत तर्फबाट समवेदना प्रकट गरेका छन् । धानुकले नेपालका लोकतान्त्रिक आन्दोलन र पार्टी संगठनमा सक्रिय भूमिका निर्वाह गर्नुभएको थियो । कांग्रेसले उनको निधनबाट एक होनहार युवा नेतृत्वलाई गुमाएको र अपूरणीय क्षति पुगेको उल्लेख गरेको छ । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।