निर्मलाको न्याय माग्दै पोखरामा दिप प्रज्वलन


     एभरेस्ट आवाज    
     श्रावण १२ गते २०७८ मा प्रकाशित




पोखरा । निर्मला पन्तको न्यायको माग गर्दै पोखरामा दिप प्रज्वलन गरिएको छ ।

कन्चनपुरकी १३ वर्षिय पन्तको बलात्कारपछि हत्या भएको ३ वर्ष पुग्दा समेत हत्यामा संलग्न दोषी पत्ता लाग्न नसकोको भन्दै पोखरेली युवाहरुले पोखराको सिद्धार्थचोकमा मंगलबार दिप प्रज्वलन गरेका हुन् ।

स्वतः स्फूर्त रुपमा भेला भएका पोखरेली युवाहरुले केही बेर विभिन्न नारा अंकित प्लेकार्ड भेला भएका उनीहरुले निर्मला पन्तलाई छिटोभन्दा छिटो न्याय दिनको लागि सरकारसंग मागसमेत गरेका थिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।