अर्थमन्त्री बराललाई हेमजावासीको आग्रह : “जनताको भावना अनुसार काम गर्नुस्”


     एभरेस्ट आवाज    
     श्रावण १४ गते २०७८ मा प्रकाशित




पोखरा । पोखरा २५ स्थित हेमजाबासीले जनताको भावना अनुसार काम गर्न गण्डकी प्रदेशका अर्थमन्त्री रामजी प्रसाद बराल ‘जीवन’लाई आग्रह गरेका छन् । विहिबार (आज) हेमजामा आयोजित बधाई ज्ञापन कार्यक्रममा मन्त्री बराललाई फुलमाला र खादाले बधाई ज्ञापन गर्दै हेमजाबासीले जनताको भावना र जनताको प्रथामिकताको आधारमा काम गर्न आग्रह गरेका हुन् ।

कार्यक्रममा बोल्दै अर्थमन्त्री बरालले हाल आफु प्रदेशको मन्त्री भएकोमा प्रदेशका जनताको आवश्यकता र प्रथामिकताको आधारमा र चुनावमा जनतासामु गरेका वाचा पुरा गर्न पहल गर्ने बताए । बहुमत हिस्सालाई बाम गठबन्दन र एकता होस भन्ने चहाना भएको मन्त्री बरालको भनाई छ । उनले भने “ म के विश्वास दिलाउन चहान्छु भने, अथवा म के कुरामा विश्वस्त छु भने नेपालमा एउटै कम्यूनिष्ट पार्टी बन्द त्यो दिशा तर्फ हेमजाबासीले एउटा सन्देश दिनु भएको छ । ”

निर्वाचनका वेला, निर्वाचन पश्चात र हाल पनि कम्यूनिष्टहरु एक हुनु पर्छ भन्ने हेमजाबासीको सन्देशले आफुहरुलाई पनि बाम एकता हुनुपर्ने पक्षमा रहेको उनले बताए । मन्त्री बरालले भने “राजनीतिक हिसावले केही दरार भए पनि हेमजाबासीका कम्यूनिष्टमा सधै कम्युनिष्टहरु एक हुनु पर्छ भन्ने एकताको सन्देश दिइनै राख्नु भएको छ, एकता हार्दिकता, आत्मियताले हामीलाई थप बल पुगेको छ ।”

पोखरा महानगरपालिका वडा नम्बर २५ का वडा अध्यक्ष शोभाखर तिमिल्सिनाले नेपालका कम्यूनिष्टहरु एक हुनु पर्ने बताए । पोखरा महानगरपालिकाले आफ्नो वडालाई सौतनी व्यवहार गरेर माग गरेको बजेटमा न्यूनतम बजेट विनियोजन गरेको उनले गुनासो गरे ।

नेकपा माओवादी केन्द्र पोखरा २५ हेमजा कमिटिको संयोजनमा भएको बधाई ज्ञापन कार्यक्रममा स्थानिय आमा समुुह, युवा क्लव तथा विभिन्न संघ संस्था र विभिन्न राजनीतिक दलका प्रतिनिधिहरुको समेत सहभागिता रहेको नेपाल कम्यूनिष्ट पार्टीका नेता माधवशरण पौडेलले बताए । हेमजा लाम्पाटा, हेमजा सुइखेत खोला नियन्त्रण समिति, याम्दीका आमा समुह लगायतले स्थानिय रुपमा रहेको समस्या समधान गर्न मन्त्री समक्ष आग्रह समेत गरेका छन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।