तस्बीरः एजेन्सी
जापानको टोकियोमा चलिरहेको ओलम्पिकमा चीनले २४ स्वर्ण जितेको छ।
चीनले २४ स्वर्ण, १४ रजत र १३ कास्यसहित ५१ पदकका साथ तालिकाको शीर्ष स्थानमा छ।
यस्तै, दोस्रो स्थानमा रहेको अमेरिकाले २० स्वर्ण, २३ रजत र १६ कास्य गरी ५९ पदक जित्दै दोस्रो स्थानमा रहेर चीनलाई पछ्याएको छ।
तेस्रो स्थानको आयोजक राष्ट्र जापानले १७ स्वर्ण, ५ रजत र ९ कास्यसहित ३१ पदक जितेको छ। चौथो स्थानको अस्ट्रेलियाले १४ स्वर्णसहित कुल ३१ पदक जितेको छ। रुस ओलम्पिक कमिटीले १२ स्वर्ण, बेलायतले १०, दक्षिण कोरियाले र फ्रान्सले ५ स्वर्ण पदक जितेका छन्।
नेदरल्यान्ड, जर्मनीले ४/४ स्वर्ण जितेका छन्। यस्तै, न्युजिल्यान्ड र चेक रिपब्लिकले ४/४ स्वर्ण जितेका छन्। इटली, चाइनिज ताइपे, हंगेरी, स्लोभानिया र कोसोभोले २÷२ स्वर्ण जितेका छन्। ३० वटा देशले १/१ स्वर्ण जितेका छन्।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







