तुईन काट्दा भएको हत्याबिरूद्व पोखरामा नेकपाको प्रदर्शन


     एभरेस्ट आवाज    
     श्रावण १८ गते २०७८ मा प्रकाशित




नेत्र विक्रम चन्द ू बिप्लव ू नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी पोखराले दार्चुलामा भारतीय सीमा सुरक्षा बलका सुरक्षाकर्मी ९एसएसबी ० ले तुइन काट्दा भएको जयसिंह धामी मृत्यु घटनाको विरोधमा पोखरामा आज प्रदर्शन गरेको छ ।
आज दिउँसो ३ बजे पोखराको चिप्लेढुङ्गामा कोण सभा गर्दै नेपाल कम्युनिस्ट पार्टीले तुईन काट्दा भएको जयसिंह धामि हत्या प्रकरणको विरोधमा पोखरामा प्रदर्शन गरेको हो ।
नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय कार्यक्रम अन्तर्गतआयोजनामा भएको उक्त विरोध प्रदर्शन कार्यक्रम मानबअधिकार चोकबाट शुरू भएर महेन्द्रपुल हुँदै बजार परिक्रमा गरेर चिप्लेढुङ्गा स्थित बिपि चोकमा आएर कोणशभामा परिणत भएको थियोे । यस्तै उत्त विरोध र्‍यालिमा जयसिंहलाई न्याय दे, भारतीय साम्राज्यवाद मुर्दावाद, नेपाल र नेपाली माथि भएको हत्या हिंसा बन्द गर , बैज्ञानिक समाजवाद जिन्दावाद, राष्ट्रघाति एमसिसी सम्झौता मुर्दावाद लगायतका नारा लगाइएको थियोे ।
कोणशभालाई नेपाल कम्युनिस्ट पार्टी कास्की जिल्ला सद्स्य काजि गुरुङले सम्बोधन गरेका थिए भने कार्यक्रम सञ्चालन कास्की जिल्ला सदस्य तथा पोखरा महानगर सेक्रेटरी बद्री ले गर्नुभएको थियो ।
कोणसभालाई सम्बोधन गर्दै जिल्ला सदस्य गुरुङले संसदिय व्यवस्था कायम रहुन्जेल जनताले दुख पाइरहने र जयसिह धामिको जस्तै घटना नघ्ट्ला भन्न नसकीने भन्दै अबको नेपाली जनताको भाग्य र भविष्यको बाटो बैज्ञानिक समाजवादको बाटो रहेको ठोकुवा गरे। भारतीय हस्तक्षेप र दादागिरी कुनै पनि हालतमा सह्य नहुने भन्दै सबै नेपाली जनताले यसको विरोध गर्नुपर्ने उल्लेख गरे ।
दार्चुला जिल्लाको ब्यास गाउँपालिकामा पर्ने महाकाली नदीमा तुइन तरिरहेका ३३ वर्षिय जयसिंह धामीलाई भारतीय सीमा सुरक्षा बलका सुरक्षाकर्मी ९एसएसबी०ले तुइन काटेर नदीमा खसालिदिएका थिए । ब्यास गाउँपालिकाबाट भारतको बाटो हुँदै दार्चुला जिल्ला सदरमुकाम खलंगा आइरहेका उनी पार गरिरहेका थिए।
नेपाल तर्फबाट महाकाली नदीको आधा भागमा पुगेका जयसिंह एसएसबीले भारतपट्टि बाँधिएको तुइन ९तार० काटिदिएपछि उनी नदीमा तारसँगै बेरिएर झरी बेपत्ता भएको हुन्। घटना विवरणअनुसार शुक्रबार बिहान जयसिंह धामीसहित सोही ठाउँका बहादुरसिंह धामी, अमरसिंह धामी, मन्नाम धामी, अनिता धामी, कल्यान धामी र विक्रम रंकोली सहितका सातजना भारतको बाटो हुँदै दार्चुला सदरमुकाम आउन घरबाट हिँडेका थिए।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।