तस्बीरः पीबी सिन्धुको फेसबुकबाट
जापानमा जारी ३२ औं गृष्मकालीन टोकियो ओलम्पिकमा भारतकी स्टार ब्याडमिन्टन खेलाडी पीवी सिन्धुले नयाँ इतिहास रच्न सफल भएकी छन्।
उनी ओलम्पिकमा लगातार २ वटा मेडल हात पार्ने पहिलो भारतीय महिला खेलाडी बन्न सफल बनेकी छन्।
यो उपलब्धि हासिल गर्ने उनी सुशील कुमारपछि दोस्रो भारतीय खेलाडी हुन्। टोकियो ओलम्पिकमा सिन्धुले चीनकी जियाओ विङलाई केवल ५२ मिनेटमा २१–१३, २१–१५ ले हराउँदै काँस्य पदक हात पार्न सफल भइन्।
सिन्धुले सन् २०१६ को रियो ओलम्पिकमा पनि रजत पदक जितेकी थिइन्। सुशीलले सन् २००८ को बेइजिङ ओलम्पिकमा काँस्य र सन् २०१२ को लण्डन ओलम्पिकमा रजत पदक जितेका थिए।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







