तस्बीरः एजेन्सी
कन्काकाफ फुटबलको उपाधि अमेरिकाले जितेको छ।
अमेरिकाको नेभादास्थित एलिजेन्ट रंगशालामा मंगलबार बिहान सकिएको खेलमा अमेरिकाले मेक्सिकोलाई १–०ले हराएको हो।
खेलमा निर्धारित समयसम्म कुनै पनि टोलीले गोल हुन नसकेपछि आधा घण्टा थप गरिएको छ। खेलको १ सय १८ औं मिनेटमा अमेरिकाका लागि माइल्स रोविन्सनले गरेको गोल नै निर्णायक बन्यो। खेलमा मेक्सिकोले अमेरिकामाथि दबाब बनाएर खेलेपनि गोल गर्न सकेन।
मध्य अमेरिकी, उत्तर अमेरिकी तथा क्यारेबियन देशहरुको ठूलो फुटबल प्रतियोगिताका रुपमा कन्काकाफ गोल्डकप आयोजना हुने गरेको छ। कन्काकाफको सेमिफाइनलमा अमेरिकाले कतारलाई १–० गोलले पराजित गरेको थियो।
कतार एसियन फुटबल कन्फेरेडेसन र कन्काकाफको खेल प्रवद्र्धन साझेदारी कार्यक्रमअन्तर्गत कन्काकाफ गोल्डकपमा सहभागी भएको थियो। त्यस्तै मेक्सिकोले सेमिफाइनलमा क्यानडालाई २–१ गोलले पराजित गरेको थियो।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







