भारतसँगको पहिलो टेस्ट क्रिकेटमा इंग्ल्यान्ड अलआउट


     एभरेस्ट आवाज    
     श्रावण २१ गते २०७८ मा प्रकाशित




तस्बीरः एजेन्सी

भारतसँगको पहिलो टेस्ट क्रिकेटमा घरेलु टोली इंग्ल्यान्ड अलआउट भएको छ।

नटिंघममा टस जितेर पहिले ब्याटिङ गरेको इंग्ल्यान्ड १ सय ८३ रनमा अलआउट भएको हो ।

इंग्ल्यान्डका लागि कप्तान जोए रुटले ६४ रनको अर्धशतकीय पारी खेले भने जोनी बेयसर््टोले २९, साम करण र ज्याक क्रलीले २७, डम सिब्लीले १८ रन बनाए। इंग्ल्यान्डलाई सस्तैमा समेट्न जस्प्रित बुम्राहले ४ विकेट लिए। यस्तै, मोहमद शामीले ३, शार्दुल ठाकुरले २ र मोहमद सिराजले १ विकेट लिए।

पहिलो दिनको खेल सकिँदा भारतले बिना विकेटको क्षतिमा २१ रन बनाएको छ। पाँच टेस्टको श्रृंख्ला खेल्न भारत इंग्ल्यान्ड भ्रमणमा छ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।