तस्बीरः एजेन्सी
जापानको राजधानी टोकियोमा जारी ३२ औं गृष्मकालीन ओलम्पिकमा इटालीले एथलेटिक्स पुरुष ४ गुणा १०० सय मिटर रिलेमा स्वर्ण पदक जितेको छ।
१०० मिटर दौडका विजेता मार्सेल ज्याकोबले दोस्रो स्वर्ण पदक जितेका छन्। इटालीले ३७.५० सेकेन्डमा दुरी पार गर्दै उक्त स्पर्धामा स्वर्ण पदक जितेको हो।
१९४८ लन्डन ओलम्पिकमा काँस्य पदक जितेपछि इटालीले रिलेमा पहिलो पदक जितेको हो। ०.०१ सेकेन्डले पछि परेको बेलायतले रजत पदक जित्यो। ३७.७० सेकेन्डमा दुरी पार गरेको क्यानडाले काँस्य पदक जित्यो।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







