टोकियो ओलम्पिकः ब्राजिलले जित्यो पुरुष फुटबलको स्वर्ण


     एभरेस्ट आवाज    
     श्रावण २४ गते २०७८ मा प्रकाशित




तस्बीरः एजेन्सी

जापानमा जारी ३२ औं गृष्मकालीन ओलम्पिक अन्तर्गत पुरुष फुटबलको स्वर्ण पदक ब्राजिलले जितेको छ।

स्पेनलाई २–१ गोलले हराउँदै ब्राजिलले स्वर्णपदक जितेको हो। ब्राजिलको जितमा माथुएस कुन्हा र माल्कोमले १÷१ गोल गरे। स्पेनका मिकेल ओयार्जाबलले १ गोल फर्काए।

पहिलो हाफको इन्जुरी समयमा ब्राजिलले अग्रता लिन सफल बन्यो। खेलको ३८ औं मिनेटमा पाएको पेनाल्टीमा गोल गरेर अग्रता लिनबाट ब्राजिल चुकेको थियो । तर, ६१ औं मिनेटमा स्पेनले गोल गरेपछि निर्धारित ९० मिनेटको खेल १/१ को बराबरीमा सकिएको थियो।

अतिरिक्त समयको १ सय ८ औं मिनेटमा माल्कोमले निर्णायक गोल गर्दै ब्राजिललाई स्वर्ण पदक दिलाउन सफल बने।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।