तस्बीरः एजेन्सी
जापानको टोकियोमा जारी ओलम्पिक प्रतिष्पर्धामा भारतले ‘ज्याभलिन थ्रो’ मा पहिलो स्वर्ण पदक जितेको छ।
भारतीय खेलाडी निरज चोपडाले यो ऐतिहासिक उपाधि हात पारेका हुन्। शनिबारको खेलमा चोपडा ८७.५८ मिटर थ्रो सहित प्रथम भएका थिए। दोस्रो र तेस्रो क्रमश चेक रिपब्लिकका खेलाडी भएका थिए।
चोपडाको यस जितपछि टोकियो ओलम्पिकमा भारतको एक स्वर्ण सहित जम्मा ७ पदक भएको छ। भारतले पाएको ऐतिहासिक स्वर्ण पदकका लागि प्रधानमन्त्री नरेन्द्र मोदीले समेत खुसी व्यक्त गर्दै खेलाडी निरज चोपडालाई बधाई तथा धन्यवाद ज्ञापन गरेका छन्। २३ वर्षीय निरज चोपडा भारतको हरियाणा राज्यको पानीपटमा जन्मिएका थिए। २०१६ देखि उनी भारतीय सेनामा कार्यरत छन्।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







