पर्यटनमन्त्री शर्माद्वारा पर्यटन कार्यालय पोखराको निरीक्षण


     एभरेस्ट आवाज    
     श्रावण २४ गते २०७८ मा प्रकाशित




पोखरा । गण्डकी प्रदेश सरकार पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मणिभद्र शर्माले आइतबार पर्यटन कार्यालय पोखराको निरीक्षण गरेका छन् ।

उनले कार्यालयका योजना, कार्यक्रम, बजेट, उपलब्धि र कार्यालयको अवस्था बारे जानकारी दिए ।

निरीक्षणका लागि पुगेका मन्त्री शर्मालाई कार्यालय प्रमुख पुरन गिरी लगायतका कर्मचारीहरुले स्वागत गरेका थिए ।

निरीक्षणपछि मन्त्री शर्माले ठूला व्यवसाय दर्ता र नवीकरणका लागि विभागमा जानुपर्ने अवस्था अन्त्यका लागि पहल गर्ने बताए। उनले प्रदेश पर्यटन नीति र ऐन निर्माणपछि पर्यटन क्षेत्र सकारात्मक वातावरण बन्ने उल्लेख गरे ।

उनले होम स्टे सेवालाई गाउँ र स्थानीयको आर्थिक विकासको आधार बनाउनुपर्ने भन्दै स्थानीय उत्पादनलाई अनिवार्य गर्न आवश्यक रहेको औल्याए । मन्त्री शर्माले होम स्टे सेवा सम्वन्धी कार्यविधिलाई आवश्यक सुधार गरी थप व्यवस्थित र प्रभावकारी बनाइने जानकारी दिए ।

मन्त्री बनेपछि उनले पहिलो पटक पोखरामा आफ्नो मन्त्रालय मातहतको कार्यालय निरीक्षण गरे ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।