तालिवान लडाकुद्वारा ३ दिनमा चारवटा प्रान्तीय राजधानी कब्जा


     एभरेस्ट आवाज    
     श्रावण २५ गते २०७८ मा प्रकाशित




तस्बीरः एजेन्सी

अफगानिस्तानमा तालिवान लडाकुले ३ दिनमा ४ वटा प्रान्तीय राजधानी कब्जा गरेको छ।

समाचार अनुसार शुक्रबारयता तालिबान लडाकुले ४ वटा प्रान्तीय राजधानी कब्जा गरेका हुन्।

आइतबार मात्र तालिवान लडाकुले अफगानिस्तानको प्रान्तीय राजधानी कुन्दुज शहर कब्जा गरेका छन्। त्यसअघि, उनीहरुले जारान्ज, शाबरगान र जोजन कब्जा गरेका थिए।

शुक्रबार सुरुमा उनीहरुले निम्रोज प्रान्तको राजधानी जारन्ज कब्जा गरेका थिए। त्यसयता लगातार ४ राजधानी कब्जा गरेका छन्। पछिल्ला महिनाहरुमा अफगानिस्तानका अधिकांश ग्रामीण क्षेत्र नियन्त्रण गर्दै आएको सो समूह अब शहर कब्जा गर्ने रणनीतिका साथ अघि बढिरहेको छ।

तालिवानले ३ दिनभित्रै चारवटा प्रान्तीय राजधानी कब्जामा परेपछि अफगानिस्तानको सेना भने अलमलमा परेको समाचारमा जनाएको छ।

एएफपी


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।