उपचार अघि धरौटी नलिन सरकारी अस्पताललाई निर्देशन


     एभरेस्ट आवाज    
     कार्तिक १६ गते २०७७ मा प्रकाशित




कार्तिक १६ काठमाडौं । सरकारले सबै सरकारी अस्पतालहरुलाई कोरोना संक्रमितको उपचार अघि धरौटी रकम नलिन निर्देशन दिएको छ ।

विभिन्न अस्पतालहरुले कोरोना संक्रमितको उपचार अघिनै धरौटी रकम माग गर्ने गरेको विभिन्न सञ्चार माध्यमहरुमा समाचार आएपछि आज यस्तो निर्देशन गरेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले धरौटी रकम लिने सम्बन्धि सूचना प्रकाशन गरे सबै अस्पतालहरुलाई स्पष्टिकरण सोधिने बताएका छन् ।

मन्त्रालयले निजी अस्पतालको हकमा भने कुनै निर्णय गरेको छैन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।