म्याग्दीमा आगलागी हुँदा २ पसलमा क्षति


     एभरेस्ट आवाज    
     श्रावण २६ गते २०७८ मा प्रकाशित




तस्बीरः रासस

म्याग्दीको बेनी बजार न्युरोडमा आज (मंगलबार) बिहान आगलागी भएको छ।

बेनी नगरपालिका–८ न्युरोडमा भएको आगलागीमा २ वटा पसल जलेका छन्।

आगलागीबाट बेनी बजारमा रहेको रघुगंगा डेरी र नयन स्टोर्समा क्षति पुगेको हो। आगलागीबाट मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ।

बेनी र बाग्लुङ नगरपालिकाको २ वटा दमकल, प्रहरी र बजारबासीको सहयोगमा आगो नियन्त्रणमा आएकोे छ।

डेरी पसलमा विद्युत सर्ट भएर आगलागी भएको हुनसक्ने प्रहरीको अनुमान छ। क्षतिको विवरण आउन बाँकी छ।

रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।