युवा उद्यमी मञ्च (एनवाईईएफ)ले विहीबार चिप्लेढुंगामा खुल्ला रक्तदान गर्ने


     एभरेस्ट आवाज    
     श्रावण २६ गते २०७८ मा प्रकाशित




युवा उद्यमी मञ्च (एनवाईईएफ) कास्कीले विहीबार पोखरामा रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ । अन्र्तराष्ट्रिय युवा दिवसको अवसरमा मञ्चले पर्सी विहीबार पोखरा ट्रेडमल अगाडि मानवअधिकारचोकमा रक्तदान कार्यक्रम गर्न लागेको हो । रक्तदान कार्यक्रम विहान ७ बजेदेखी शुरु हुने मञ्चका अध्यक्ष सुनिलबहादुर भट्टराईले जानकारी दिए । विश्वव्यापी महामारीका रुपमा फैलिएको नोभल कोरोना भाइरस (कोभिड–१९) को तेश्रो भेरियन्ट आउने सम्भावना रहेको र यसले रगतको अभाव हुनसक्ने सम्भावनालाई मध्यनजर गर्दै सामाजिक उत्तरदायित्व वहन अन्तर्गत रक्तदान कार्यक्रम गर्न लागिएको उनले बताए ।

मञ्चको केन्द्रीय समितिको आह्वानमा विहीबार नै पोखरासहित देशका ७ वटै प्रदेशमा एकै दिन एकै साथ रक्तदान कार्यक्रम गर्न लागेको जनाइएको छ ।

रक्तदान कार्यक्रमको अवसरमा कोभिड–१९ को रोकथाम र नियन्त्रणका लागि सरकारले सञ्चालन गर्दै आएको मास्क अभियानलाई सफल बनाउन मास्क र सेनिटाइजर निःशुल्क वितरण गर्नुका साथै कोभिडबाट बच्न अप्नाउनुपर्ने साबधानीलगायतका सचेतनामूलक पर्चा पम्प्लेटसमेत वितरण गरिने अध्यक्ष भट्टराईले जानकारी दिए । उनले रक्तदान कार्यक्रममा सहभागि हुन सम्पूर्ण कास्केली दाजुभाई, दिदीबहिनीहरुलाई आग्रह गरेका छन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।