तस्बीरः एजेन्सी
आइसीसीले सार्वजनिक गरेको नयाँ वरीयतामा नेपालका कप्तान ज्ञानेन्द्र मल्ल र पूर्व कप्तान पारस खड्काले सुधार गरेका छन्।
टी–२० मा कप्तान ज्ञानेन्द्र ३ स्थान माथि उक्लदै ९४ औं स्थानमा पुगेका हुन्। ज्ञानेन्द्र ३ स्थान माथि उक्लदै ९४ औं स्थानमा पुगेका हुन्। यसअघि उनी ९७ औं स्थानमा थिए। ज्ञानेन्द्रको ३ सय ५७ रेटिङ रहेको छ। ज्ञानेन्द्र भन्दा पछाडी अष्ट्रेलियन खेलाडी स्टिभ स्मिथ, भारतीय खेलाडी मनिष पाण्डे छन्।
यस्तै, पारस खड्काले भने ४ स्थान सुधार गर्दै ९० औं स्थानमा पुगेका छन। पारसले पनि चार स्थान सुधार गरेका छन्। यसअघि, ९४ औं स्थानमा रहेका पारस चार स्थान सुधार गर्दै ९० औं स्थानमा पुगेका हुन्। उनको ३ सय ६२ रेटिङ रहेको छ।
नेपालका अर्का खेलाडी कुशल भुर्तेल भने ६० औं स्थानमा यथावत रहेका छन।
विश्व वरीयतामा इंग्ल्याण्डका डेविड मलान शिर्ष स्थानमा यथावत छन्। बलिङमा नेपालका सन्दिप लामिछाने ७७ औं स्थानमा यथावत छन्।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







