चेल्सीले जित्यो युइएफए सुपर कपको उपाधि


     एभरेस्ट आवाज    
     श्रावण २८ गते २०७८ मा प्रकाशित




तस्बीरः युइएफए च्याम्पियन्स लिग फेसबुक पेजबाट

इङ्लिस प्रिमियर क्लब चेल्सीले युइएफए सुपर कपको उपाधि जितेको छ।

आयरल्यान्डको विन्डसर पार्कमा बिहान भएको खेलमा भिल्लारियललाई पेनाल्टी सुटआउटमा ६–५ गोल अन्तरले हराउँदै चेल्सीले उपाधि जितेको हो।

निर्धारित समयको खेल १–१ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो। वैकल्पिक खेलाडीको रुपमा मैदान छिरेका किपा अरिजाब्लागाले कप्तान राउल अल्बिओलको प्रहार रोकेपछि चेल्सी च्याम्पियन बनेको हो ।

कोभिड–१९ को महामारीपछि पहिलो पटक १३ हजार दर्शकले चेल्सी र भिल्लारियलको उक्त खेल प्रत्यक्ष हेरेका थिए।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।