पोखरा । थ्रि एन्जल्स नेपालको आर्थिक वर्ष २०७७/७८ को सामाजिक लेखाजोखा कार्यक्रम शुक्रबार सम्पन्न भएको छ । कोरोना महामारीका कारण भौतिक रुपमा सम्भव नभएपछि भर्चुअल रुपमा कार्यक्रम गरिएको हो ।
कार्यक्रममा गैर सरकारी संस्था महासंघ गण्डकीका उपाध्यक्ष गोपाल खड्काले सहजीकरण गरेका थिए । खड्काले सामाजिक लेखाजोखाको विधि र प्रकृयाबारे बताउँदै यसका सिद्धान्तबारे अवगत गराए । साथै उनले सामाजिक लेखाजोखाको उद्धेस्यमा केन्द्रित रहेर गरिएको लेखा परिक्षणबाट थ्रि एन्जल्स नेपालका सम्पूर्ण कार्यक्रम चुस्त दुरुस्त अघि बढेको पाईएको बताए ।
सो अवसरमा संस्थाका संस्थापक अध्यक्ष एवं प्रमुख कार्यकारी डा. राजेन्द्र कुमार गौतमले मानव बेचविखन मुक्त समाज निर्माणको लागि संस्थाले उद्धार रोकथाम र पुनःस्थापनाको माध्यमबाट गर्दै आएका कामबारे प्रष्ट पारेका थिए ।
संस्थाका कर्मचारीहरुका आचार संहिता, संस्थाको भौतिक सम्पत्ति विवरण, विभागहरु, संस्थालाई दिगो रुपमा सञ्चालन गर्न गरिएकाप्रयासहरु, पारदर्शीताका लागि संस्थाले अपनाएको विधिलगायतबारे उनले अवगत गराए । साथै मानव बेचविखन विरुद्धको कार्यक्रम, बालबालिका केन्द्रित कार्यक्रम, आय–व्यय, संस्थाका चुनौतीहरुबारे समेत उनले जानकारी गराएका थिए ।
विश्वव्यापी कोभिड महामारीका कारण भौतिक रुपमा कार्यक्रमहरु सञ्चालन गर्न कठिन भएको, सेवाग्राहीहरुको पुनस्थापनामा चुनौती देखिएको, सामाजिक सञ्जालको दुरुपयोग बढ्दा बालबालिकाहरुमा असर परेको डा. गौतमले बताए ।
संस्थाका विभिन्न विभागहरु, मानव बेचविखन विरुद्धका कार्यक्रमहरु, विद्यालय, रेडियो, बालगृह, सहकारी, लघुवित्त कार्यक्रमले सेवाग्राहीहरु समक्ष वर्षभरी पु¥याएको सेवाबारे उनले प्रष्ट पारेका थिए । सो अवसरमा डा। गौतमले आगामी आर्थिक वर्षको बजेट र कार्यक्रमबारे समेत अवगत गराएका थिए ।
कार्यक्रममा बोल्दै राष्ट्रिय बालअधिकार परिषद गण्डकी प्रदेश समन्वय अधिकृत बद्री वाग्लेले संस्थाको विगत १०÷१२वर्षदेखिको उच्च छवि कायम रहन सकोस भन्ने शुभकामना दिए । उनले बालबालिका र महिलाको क्षेत्रमा संस्थाले पु¥याउँदै आएको योगदान महत्वपूर्ण रहेको बताए ।
व्यवसायी एवं सरोकारवाला गोपाल ध्वजुले अनेक चुनौतीका बाबजुद मानव बेचविखन मुक्त समाज निर्माणका लागि संस्थाले काम गरेको भन्दै प्रसंसा गरे । उनले संस्थाले शिक्षा क्षेत्रमा छोटो समयमै निकै प्रभाव पार्न सफल भएको बताए ।
सेवाग्राहीको तर्फबाट मन्तव्य व्यक्त गर्दै सुमन रानाले संस्थाले आफूलाई आवासिय संरक्षणमा राखि भविश्य निर्माण गर्ने अवसर प्रदान गरेर ठुलो गुन लगाएको बताए । उनले हाल आफू संस्थाकै सहकारीमा आवद्ध भएर मार्केटिङ म्यानेजरको रुपमा काम गरिरहेको भन्दै संस्थाको प्रगतिको कामना गरे ।
कार्यक्रममा बोल्दै नागरिक समाजका प्रतिनिधि एवं पत्रकार स्याम कुँवरले थ्रि एन्जल्स नेपालका हरेक गतिविधिहरु निकै प्रभावकारी रहेको बताए । थ्रि एन्जल्स नेपालका कार्यक्रम व्यवस्थापक विवेक शर्मा ढकालले संस्थाल र्कमचारीहरुका लागि यस विषम परिस्थितिमा अभिभावकीय भूमिका खेलिरहेको बताए ।
अध्यक्षको आशनबाट बोल्दै थ्रि एञ्जल्स नेपालका अध्यक्ष शारदा खत्री गौतमले विषम परिस्थितिमा संस्थाले सेवाग्राहीका समस्या बुझेर सोही अनुसारका कामगरिरहेको जानकारी दिईन् । प्राप्त सुझाव र सल्लाहलाई मध्यनजर गरी आगामी दिनमा संस्थाका कामहरु अझ प्रभावकारी बनाईने प्रतिवद्धता जनाउँदै सबै सहभागीहरुलाई धन्यबाद ज्ञापन गरिन् ।
सो अवसरमा पोखरा महानगरपालिका वडा नं १५ का अध्यक्ष प्रकाश पौडेल, गैर सरकारी संस्था महासंघ कास्कीका अध्यक्ष पदम पहारी, शक्ति समुहका सरिता पौडेल, नागरिक समाज कास्कीका संयोजक विष्णु बराल, पत्रकार, सारोकारवाला विभिन्न निकायका व्यक्तिहरुको उल्लेख्य सहभागिता थियो । उक्त कार्यक्रमको सञ्चालन संस्थाका कानून अधिकृत अधिवक्ता भीम पौडेलले गरेका थिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







