तस्बीरः एजेन्सी
यस सिजनको इङ्लिस प्रिमियर लिग फुटबल सुरु भएको छ।
लिगको उद्घाटन खेलमै ७० वर्षपछि डेब्यु गरेको ब्रेन्टफोर्डसँग आर्सनल स्तब्ध बनेको छ ।
गएराति पौने १ बजे भएको खेलमा ब्रेन्टफोर्डले आर्सनलाई २–० गोल अन्तरले हराएको हो।
ब्रेन्टफोर्डका लागि २२ औँ मिनेटमा सेर्गी कानोस र ७३ औँ मिनेटमा क्रिश्चियन नोगार्डले गोल गरेका हुन्। एलेक्सान्डर लाकाजेटी र पिएर–एमरिकबिना मैदानमा रहेको आर्सनल ब्रेन्टफोर्डसामु कमजोर देखिएको थियो।
घरेलु मैदान ब्रेन्टफोर्ड सामुदायिक रंगशालामा भएको खेलमा जितसँगै ब्रेन्टफोर्डले बलियो टिममाथि शानदार जित निकालेर प्रिमियर लिगको सुखद यात्रा थालेको हो ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







