जर्मन बुन्डेसलिगा पनि सुरु, डिफेन्डिङ च्याम्पियन बायर्न बराबरीमा रोकियो


     एभरेस्ट आवाज    
     श्रावण ३० गते २०७८ मा प्रकाशित




तस्बीरः एजेन्सी

यस सिजनको जर्मन बुन्डेसलिगा पनि आज (शनिबार) बिहानबाट सुरु भएको छ।

बुन्डेस लिगाको उद्घाटन खेलमा डिफेन्डिङ च्याम्पियन बायर्न म्युनिख बराबरीमा रोकिएकोे छ।
नागेल्समानको प्रशिक्षणमा रहेको बायर्नले ग्लाडबेचसँग १–१ गोलको बराबरी खेलेको हो।

खेलको ९ औं मिनेटमा ग्लाडबेचका लागि प्लेअले गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए। त्यसपछि, ४२ औं मिनेटमा लेवान्डोस्कीले गोल गर्दै खेललाई १–१ को अवस्थामा ल्याएका थिए।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।