तस्बीरः एजेन्सी
युरोपियन च्याम्पियन चेल्सीले इङ्लिस प्रिमियर लिगमा क्रिष्टल प्यालेसमाथि ३–० को सहज जित निकालेको छ।
घरेलु मैदान स्टामफोर्ड ब्रिजमा चेल्सीले मार्कोस एलोन्सोको गोलबाट २७ औं मिनेटमा अग्रता लिएको थियो।
त्यस्तै, ४०औं मिनेटमा क्रिष्टियन पुलिसिकले चेल्सीका लागि अग्रता दोब्बर बनाए। त्यसैगरि, ५८ औं मिनेटमा ट्रेभो चालोबाले अर्को गोल थपेपछि चेल्सीले ३ गोलको निर्णायक जित निकाल्दै महत्वपूर्ण ३ अंकको खाता खोल्यो।
चेल्सीले गत बिहीबार मात्रै भिल्लारियाललाई पेनाल्टी सुटआउटमा ६–५ ले हराउँदै युईएफए सुपर कपको उपाधि जितेको थियो।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







