तस्बीरः एजेन्सी
यस सिजनको स्पेनिस ला लिगामा रियल मड्रिडले सुखद् सुरुवात गरेको छ ।
रियलले शनिबार राती अलाभ्सलाई ४–१ को फरक गोल अन्तरले हराउँदै लिगमा विजयी सुरुवात गरेको हो।
जितसँगै कार्लोस एन्सेलोटीले रियल म्याड्रिडको प्रशिक्षकका रुपमा आफ्नो दोस्रो कार्यकाल उत्कृष्ट तवरले सुरु गरेका छन्।
खेलको ४८ औं मिनेटमा करिम बेन्जेमाले गोल गर्दै रियललाई अग्रता दिलाएका थिए। दोस्रो हाफको केही मिनेटमै नाचोले रियलको अग्रता दोब्बर पारे। ६२ औं मिनेटमा पुनः बेन्जेमाले अर्को गोल गर्दै रियललाई ३–० ले अघि बढाए। अलाभ्सबाट ६५ औं मिनेटमा जोसेलुले पेनाल्टीमार्फत गोल फर्काए।
तर, खेलको इन्जुरी समयमा भिनिसियस जुनियरले अर्को गोल थप्दै रियललाई निर्णायक ४–१ को शान्दार जित निकाले। यससँगै सुरुवाती खेलबाटै रियलले महत्वपूर्ण ३ अंक जोडेको छ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







