एएफसी महिला एसियन कपका लागि दोस्रो चरणको बन्द प्रशिक्षण


     एभरेस्ट आवाज    
     श्रावण ३२ गते २०७८ मा प्रकाशित




तस्बीरः एजेन्सी

एएफसी महिला एसियन कप–२०२२ छनोटका लागि दोस्रो चरणको बन्द प्रशिक्षण सुरु भएको छ।

प्रारम्भिक प्रशिक्षणमा रहेका ४५ खेलाडीबाट दोस्रो चरणमा आइपुग्दा १७ खेलाडी बाहिरिएका छन्।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले एएफसी महिला एसियन कप–२०२२ छनोटका लागि ४५ खेलाडीलाई प्रशिक्षणमा बोलाएको थियो। तर, परीक्षाका कारण नेपाल पुलिस क्लबका पाँच खेलाडी र एक खेलाडी कोरोना संक्रमणका कारण उपस्थित नभएका जनाएको छ।

एएफसी महिला एसियन कप छनोटमा नेपाल समूह ’एफ’मा रहेको छ। नेपाल रहेको समूहमा फिलिपिन्स र हङकङ छन्। एसियाली फुटबल महासंघले सुरुवाती चरणमा छनोट खेल उज्वेकिस्तानमा आयोजना गर्ने जनाएको छ।

छनोट खेल १३ देखि २५ सेप्टेम्बर सम्म हुँदै छ। २८ टोलीलाई ८ समूहमा विभाजन गरी छनोट खेल सञ्चालन हुन लागेको प्रतिस्पर्धाबाट समूहको शीर्ष टोलीले अर्काे वर्ष भारतमा हुने एसियन कप खेल्ने मौका पाउनेछन्।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।