इङ्लिस प्रिमियर लिगः साविक विजेता म्यानचेस्टर सिटी पराजित


     एभरेस्ट आवाज    
     श्रावण ३२ गते २०७८ मा प्रकाशित




तस्बीरः एजेन्सी

इङ्लिस प्रिमियर लिग फुटबलमा साविक विजेता म्यानचेस्टर सिटीलो सुरुवाती पहिलो खेल गुमाएको छ।

आइतबार राति भएको खेलमा सिटी टोटेनह्यामसँग १–० को गोल अन्तरले पराजित हुँदै अंक गुमाएको हो। घरेलु मैदानमा टोटेनह्यामलाई जित दिलाउन ह्युङ मिन सनले निर्णायक गोल गरे।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ५५ औं मिनेटमा सनले निर्णायक गोल गरेका हुन्। स्टिभीनको पासमा सनले पेनाल्टी बक्स बाहिरबाट उत्कृष्ट गोल गरेका थिए। जितसँगै टोटेनहमले पहिलो खेलमै महत्वपूर्ण ३ अंक जोडेको छ। सिटीले भने हारबाट सिजनको सुरुवात गरेको छ।

गएराति नै भएको अर्को खेलमा वेस्ट ह्यामले न्युकासल युनाईटेडलाई ४–२ गोल अन्तरले पराजित गरेको छ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।