तस्बीरः एजेन्सी
साविक विजेता एट्लेटिको मड्रिडले स्पेनिस ला लिगा फुटबलमा विजयी सुरुवात गरेको छ।
आइतबार राति भएको खेलमा सेल्टाभिगोलाई २–१ गोल अन्तरले पराजित गर्दै एट्लेटिकोले सुखद सुरुवात गरेको हो।
एट्लेटिकोलाई जित दिलाउन एन्जल कोर्रियाले २ गोल गरे। सेल्टाका इयागो आस्पसले १ गोल फर्काए।
खेलको २३ औं मिनेटमा कोर्रियाले गोल गर्दै एट्लेटिकोलाई अग्रता दिलाएका थिए। तर, खेलको ५९ औं मिनेटमा इयागोले पेनाल्टीमा गोल गर्दै सेल्टालाई १–१ गोलको बराबरीमा फर्काए।
त्यसपछि खेलको ६४ औं मिनेटमा कोर्रियाले व्यक्तिगत दोस्रो गोल गर्दै एट्लेटिकोलाई २–१ को जित दिलाए। खेलको इन्जुरी समयमा दुबै टिम १० खेलाडीमा समेटिएको थियो।
एट्लेटिकोका मारियो हेर्मोसो र सेल्टाका हुगो माल्लोले रातो कार्ड पाएका थिए। यस जितसँगै एट्लेटिकोले पहिलो खेलमा ३ अंक जोडेको छ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







