तस्बीरः एजेन्सी
फ्रेन्च लिग वानमा पीएसजीले शानदार शुरुवात गरेको छ।
लिग वानको आफ्नो पहिलो खेलमा पीएसजीले स्ट्रासबर्गलाई ४–२ गोल अन्तरले हराउँदै गर्दै नयाँ सिजनको शानदार शुरुवात गरेको हो।
पीएसजीको जीतमा माउरो इकार्डी, किलियन एम्बाप्पे, जुलियन ड्राक्सलर र पाब्लो सर्बियाले १/१ गोल गरे।
त्यस्तै स्ट्रासबर्गका लागि केभिन गामेरियो र लुडोभिक अजोरक्यूले १/१ गोल गरे। खेलको ८१ औ मिनेटमा स्ट्रासबर्गका अलेक्जेन्डर डिजिकूले रातो कार्ड पाएपछि १० खेलाडीमा सीमित भएको थियो। केहि दिनअघि मात्रै पीएसजीमा गएका लियोनेल मेस्सीले भने खेलेनन्।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







