पाेखरा । नेपाल राष्ट्रिय शिक्षक संगठन कास्की सिकाइ केन्द्रद्धारा सन्चालित लर्निङ सेन्टरमा कक्षा १० का विद्यार्थीका लागि निशुल्क कक्षा सञ्चालन भइरहेको छ । संगठनको विद्यार्थीसँग शिक्षक संगठन कार्यक्रमअन्तर्गतको शैक्षिक कार्यक्रममा देशभरका दुई सय बढी विद्यार्थी दैनिक सहभागी भइरहेका छन् ।
कक्षा सञ्चालनको पाँचौँ हप्ता सोमबार अनिवार्य नेपाली विषयमा श्री सिद्ध मावि पोखरा १५ की सहायक प्रधानाध्यापक तथा सञ्चारकर्मी जुना थापाले सहजीकरण गरेकाे आइसिटी व्युरो तथा कार्यक्रम संयोजक दामोदर तिमिल्सिनाले जानकारी दिए । कक्षा १० का अनिवार्य ५ विषयहरु नेपाली, अङ्ग्रेजी, गणित, विज्ञान र सामाजिक विषयको अध्यापनका लागि विषय शिक्षकहरुको अनलाइन फारम भरेर उत्कृष्ठ छनोट भएका देशभरका १८ जना शिक्षहरुबाट सिकाइ सहजीकरण भइरहेकोे संयोजक तिमिल्सिनाले बताए ।

संगठनको विद्यार्थीसँग शिक्षक कार्यक्रम अन्तर्गत पहिलो चरणमा राष्ट्रव्यापी अनलाइन वक्र्तृत्वकला प्रतियोगिताको अपार सफलतापछि दोस्रो लहरको लकडाउनमा पुनः यो शैक्षिक कार्यक्रम ल्याएको संगठन कास्कीका अध्यक्ष रोमहर्षण पौडेलले जानकारी दिए । कोरोना महामारीको समयमा सामुदायिक विद्यालयको शैक्षिक अन्योलतालाई चिर्न संगठनले जिम्मेवारी बोध गरेर पुनः निशुल्क शैक्षिक कार्यक्रम ल्याएको पौडलले बताए ।
संगठन कास्कीका सचिव तीर्थ ढकालले हरेक आइतबार अङ्ग्रेजी, सोमबार नेपाली, मंगलबार गणित, बुधबार विज्ञान र बिहिबार सामाजिक अध्ययन विषयको पढाइ भइरहेकोले मुलकभरका विद्यार्थीहरुले निशुल्क रुपमा मौकाको फाइदा उठाउन आग्रह गरे । यो शैक्षिक कार्यक्रम हरेक दिन साँझ ६ बजेदेखि ७ बजेसम्म जुमको माध्यमबाट हुने ढकालले जानकारी दिए।
गतसाल पनि संगठनले देशव्यापी रुपमा अनलाइन वक्तृत्वकला प्रतियोगिता गरी प्रथम, द्धितीय, तृतीय हुनेलाई क्रमशः नगद रु २५ हजार, १५ हजार, १० हजार र सान्त्वना हुने ७ जनालाई २/२ हजार एवम् प्रमाणपत्र प्रदान गरिएको थियो ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







